ईलाका प्रशासन कार्यालयका कामहरु
१ ईलाका प्रशासनको क्षेत्रमा पर्ने नगरपलिका तथा गा बि स हरुका ना प्र प पाउन सक्ने मानिसहरुलाई नागरिकता बितरण निर्देशिका, २०६३ नेपाल नागरिकता एन २०६३ तथा नेपाल नागरिकता नियमवली २०६३ समेतको प्रकृया पुर्याइ बशजका आधारमा नागरिकता बितरण गर्ने ।
२ आफ्नो क्षेत्र भित्रका कर्मचारी परिवारको नाताले दिने बंशजको नागरिकता दिने ।
३ बिगतका टोलिले खडा गरेका लगतमा जन्मा मिती, नाम तथा अन्य सना तिना त्रुटिहरुमा आबस्यक छान बिन र बुझ्नु पर्ने बुझी प्रमाण जुटाइ नागरिकता प्रमाण पत्र दिने र सोको आबधिक रुपमा प्रमुख जिल्ला अधिकारि बाट समर्थन गराउने ।
४ अभिलेख अनुसार नागरिकता प्रमाण पत्रको प्रतिलिपी दिने । नागरिकतामा साना तिना त्रुटी सच्याउन माग भएमा बुझ्न पर्ने कुरा बुझी प्रमाण जुटाइ प्रचलित एन कानुन अनुसार गर्ने ।
५ आफ्नो ईलाका भित्र पारी आएका शान्ती सुरक्षा सम्बन्धी काम गर्ने सुरक्षा निकाय बिच समानवय गर्ने । स्थितिको जानकारी प्र जि अ लाई तत्काल गराउने ।
६ ठाडो उजुरिको प्ररम्भिक सुनुवाई गरी समस्या समाधान हुन नसकेमा आफ्नो राय शाहीत प्र जि अ समाछा पेश गर्ने ।
७ ईलाका स्थित प्रहरी चौकी , रा अ बि को काम कारबाही उपर रेखा देख नियन्त्रण गर्ने , सुपरिबेक्षण , ईलाका स्थित सरकारी कार्यालयहरुको काम काजहरुका सम्बन्धमा आबधिक रुपमा बैठक बसी सेवा प्रबह चुस्त दुरुस्त बनाउन समय समयमा अनुगमन गर्ने । उक्त कार्यको जानकारी प्र जि अ लाई गराउने ।
८ बिकास निर्माण कार्यहरुमा सहयोग र समन्वय गरी दिने । गैससहरुका काम कारबाही बारे प्र जि अ लाई जानकारी गराउने ।
९ सरकारी सम्पत्तिको रेखा देख र मर्मत सम्भार गर्ने गर्न लगाउने ।
१० राहदनिका लागि प्राप्त नागरिकताहरुको अभिलेख भिडान गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने
११ तालुक निकायहरुको आदेश निर्देशान् र प्र जि अ ले तोकेका अन्य कामहरु गर्ने ।
१२ आपुर्ती ब्यवस्थालाई ब्यवस्थित गर्ने र बजार मुल्य नियन्त्रण तथा कालो बजार नियन्त्रण सम्बन्धी कार्य प्र जि अ लाई जानकारी गराई निर्देशान् अनुरुप गर्ने ।
१३ ईलाका प्रशासन कार्यालय बाट भए गरेका कामहरुको मासिक प्रगती विवरण समयमै पठाउने ।
१४ संघ सस्था नबिकरण गरी त्यसको जानकारी पत्र मार्फत प्र जि अ लाई गराउने ।
१५ दलित , आदिबासी , जनजाती प्रमाणित गर्ने ।